Saturday, July 24, 2010

'आइएम सरी' बाट आफैं निस्किएको बेबीको दाबी

छायाँकनको क्रममा रहेको चलचित्र 'आइएम सरी' बाट नायिका बेबी थापाले आफू निकालिएको नभएर आफैं निस्किएको बताएकी छिन् । कामप्रति जिम्मेवार नभएको भन्दै निर्माणाधिन चलचित्र 'आइएम सरी' बाट हटाईएको कुराको बेबीले खण्डन गरिन् ।

चलचित्रमा नायिका केकी अधिकारीको ५० % र आफ्नो भुमिका ५० % रहेको र ड्रेस निर्मातले नै दिने भनि शुरूमै आफूलाई अनुबन्धित गरेकोमा पछि आएर चलचित्रमा १५ % पनि भुमिका नभएको र ड्रेस पनि आँफैले किन्नु पर्ने भएकोले सो चलचित्र छोडेको बेबीले बताईन् ।
त्यसैगरी चलचित्रका निर्माताले उनलाई चलचित्रको छायाँकन काठमाण्डौमा मात्र हुने भनि अनुबन्धित गरेका रहेछन् तर सो चलचित्रको अधिकांश भाग भने पोखरामा छायाँकन भईरहेको छ । यसरी आफूलाई झुटो कुरा गरेकोले सो चलचित्रमा अभिनय नगरेको बेबीको भनाई छ ।

चलचित्रमा मार्टिन नाम गरेका एक व्यक्तिलाई नायक बनाउछु भनेर निर्माताले १० लाख माग गरेको पनि खुल्न आएको छ । मार्टिनले १० लाख तिर्न नमानेपछी उनले त सो चलचित्रमा अभिनय गर्न पाएनन् र मार्टिनलाई निकालिएपछी आफ्नो भुमिका पनि कटौती गरिएको बेबीले बताईन्
Read more "'आइएम सरी' बाट आफैं निस्किएको बेबीको दाबी..."

कुमारी हलमा पनि 'दिपशिखा'

नरेश पौड्यालले निर्देशन गरेको चलचित्र 'दिपशिखा' राजधानीको कुमारी हलमा पनि प्रदर्शन हुने भएको छ । राजधानिका गोपीकृष्ण, गुण, अष्टनारायण लगायतका प्रमुख सिनेमा घर सहित कुमारी हल र राजधानी बाहिरका प्रमुख शहरहरूमा यो चलचित्र प्रदर्शन हुँदैछ ।श्रावण २८ गतेबाट देशभर एक साथ प्रदर्शनमा आउन लागेको यो चलचित्रको कथा नायिका अरूणिमा लम्सालले लेखेकी हुन्।
अरूणिमा लम्साल, जीवन लुईटेल, अनुप बराल, ममता प्रधान, मुकुन्द थापा, राधा लम्साल, बिष्णु सापकोटा र राजकुमार थापाको मुख्य अभिनय रहेको चलचित्र 'दिपशिखा' मा नायिका अरूणिमा लम्साल र उनकै आमा राधा लम्साल पहिलो पटक आमा छोरीकै भुमिकामा देखिदै छन् । यसैगरी यस चलचित्रमा २० जना नयाँ अनुहार कलाकार भएर प्रस्तुत हुँदैछन् ।

बिशुद्व प्रेमकथामा आधारित यस चलचित्रमा चेतन सापकोटाको संगित, एन बि महर्जनको द्वन्द, शान्ता नेपाली र बसन्त श्रेष्ठको नृत्य र नरेश पौड्याल र प्रमोद ढुङ्गानाको गीत रहेको छ । चलचित्रलाई निर्देशक पौड्यालले नै निर्माण गरेका हुन्
Read more "कुमारी हलमा पनि 'दिपशिखा'..."
 
Powered By Blogger
Powered By Blogger
Powered By Blogger

Great Morning ©  Copyright by sangson ilam | Template by Blogger Templates | Blog Trick at Sangson Rai