Thursday, August 19, 2010

लिबियामा आठ सय २७ कामदार अलपत्र

रोजगारीका लागि लिबियाको दर्नाप्रान्तमा पुगेका आठ सय २७ जना नेपाली कामदार अलपत्र परेका छन् ।

लिबियास्थित वन कन्स्ट्रक्सन नामक कम्पनीमा कार्यरत धनकुटा मोनाबुदुक-८ का रोसन केसीले टेलिफोनमा नेपाली कामदार अलपत्र परेको जानकारी गराएका हुन् । उनका अनुसार कम्पनीले कामदारलाई तीन महिनायता तलब उपलब्ध गराएको छैन ।

वन कम्पनीले तलब नदिएपछि आफूहरूले काम गर्न छाडेको र नेपाल र्फकन चाहेको केसीले बताए । उनले अलपत्र परेका सबैलाई नेपाल फिर्ताका लागि पहल गरिदिन नेपाल सरकारसँग आग्रहसमेत गरे ।

केसीले आफूहरूलाई काठमाडौंको एस ओ एस म्यान पावरले लिविया पुर्‍याइएको जानकारी दिए ।

परराष्ट्र मन्त्रालयले भने उनीहरू अलपत्र परेकोबारे जानकारी नभएको जनाएको छ । 'लिबियामा कामदारहरू अलपत्र परेकोबारे पछिल्लो कुनै जानकारी आएको छैन,' मन्त्रालयका सचिव डा. मदनकुमार भट्टराईले नयाँ पत्रिकासँग भने । जानकारी आए उनीहरूको उद्धारका लागि पहल गर्ने भट्टराईले बताए ।

केही समयअघि पनि लिबियामा एक सय आठ जना नेपाली कामदार अलपत्र परेका थिए । अन्तर्राष्ट्रिय आप्रवासी संगठन, वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको सहकार्यमा उनीहरूको उद्धार जारी रहेको परराष्ट्रले जनाएको छ ।

0 comments:

Post a Comment

 
Powered By Blogger
Powered By Blogger
Powered By Blogger

Great Morning ©  Copyright by sangson ilam | Template by Blogger Templates | Blog Trick at Sangson Rai